दफा ७०
गुणस्तर पार्श्व चित्र प्रतिवेदन प्रकाशन गर्नु पर्ने
विभागले खानेपानी तथा फोहोरपानीको परीक्षण गर्न नेपाल सरकारबाट स्थापना गरेको प्रयोगशाला वा नियम ६६ बमोजिम सूचीकृत प्रयोगशालाबाट : प्राप्त पानी तथा फोहोरपानी परीक्षणको नतिजालाई आवश्यक विश्लेषण गरी खानेपानी सेवा तथा सरसफाइ सेवाको: गुणस्तरको स्थिति झल्किने गरी वार्षिक रुपमा गुणस्तर पार्श्व चित्र प्रतिवेदन प्रकाशन गर्नु पर्नेछ।